पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

एएफसीद्वारा क्लब लाइसेन्सको डकुमेन्ट बुझाउने समय थप

radionepal

अजय बम, काठमाडौं । एशियन फुटबल महासंघ एएफसीले क्लब लाइसेन्सको डकुमेन्ट बुझाउने समय बढाएको छ ।

एएफसीले नोभेम्बर १३ सम्मका लागि क्लब लाइसेन्सको डकुमेन्ट बुझाउने मिति तोकेको छ । सन् २०२० र २१ का लागि एएफसीले यसअघि अक्टोबरको अन्तिमसम्ममा डकुमेन्ट बुझाउने मिति राखेको थियो ।

यसका लागि अखिल नेपाल फुटबल संघले पनि सेप्टेम्बर अन्तिमसम्म सबै क्लबलाई क्लब लाइसेन्सका लागि आवश्यक कागज पत्र मगाएको थियो । त्यसपछि एन्फाले डकुमेन्ट पुगे नपुगेको भनेर रिभ्यु गरेर एएफसीमा पठाउने बताएको थियो । 

अब एएफसीले डकुमेन्ट बुझाउने मिति लम्ब्याएकाले पनि नेपाली क्लब भन्दा पनि भारतीय क्लबलाई सजिलो भएको छ ।

क्लब लाइसेन्सका लागि फिफा र एएफसीले तोकेको मापदण्डमा नेपाली क्लबहरु पर्न निकै कठिन रहेको छ । विभिन्न १९ वटा सर्तहरुलाई पालना गरेपनि मात्र क्लब लाइसेन्स दिने एएफसीले बताएको छ । 

२०२१ बाट क्लब लाइसेन्स अनिवार्य गर्ने निर्णयसँगै यतिबेला सबै देशका क्लबले त्यसको पालना गरेर आफ्नो टिम तयार पारेका छन ।

नेपालमा भने उमेर समुहका दुई टिम, एकेडेमी, आफ्नै प्रशिक्षण मैदान लगायतका सर्तलाई पनि पालना गर्न निकै कठिन भएको छ । यो वर्ष पनि नेपाली क्लबले क्लब लाइसेन्स पाउने सम्भावना शुन्य जस्तै छ । 

यदि क्लब लाइसेन्स नपाएको खण्डमा लिगको विजेताले एएफसी कप खेल्न पाउने छैनन् । क्लब लाइसेन्सका लागि हरेक वर्ष एएफसीले आवेदन खोल्ने गरेको छ ।