पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा श्रेष्ठ चयन

कैलाली । सुदूरपश्चिम प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठ चयन हुनभएको छ । 

कैलाली र कञ्चनपुर जिल्ला फुटबल संघले सिफारिस गरेको आधारमा प्रदेश फुटबल संघको अध्यक्षमा दिनेश श्रेष्ठलाई चयन गरेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जानकारी दिएको छ ।

कञ्चनपुरको महेन्द्रनगरमा मंगलबार भएको भेलाले संघको उपाध्यक्षमा राघवेन्द्र कार्की र तेज बहादुर चन्द लाई चयन गरेको छ भने महासचिवमा अमृत शाह र कोषाध्यक्षमा शंकर श्रेष्ठ रहनु भएको छ ।