पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण

radionepal

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार देशभरका प्रयोगशालामा गरिएको पीसीआर परीक्षणका क्रममा आज थप ३ हजार ५ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

त्यस्तै गरी पछिल्लो २४ घण्टामा थप १८ जनाको कोरोना भाइरसको सङक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या ६ सय ६३ पुगेको छ । 


त्यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ जना कोरोना सङ्क्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना सङ्क्रमण निको भई डिस्चार्ज हुनेको कुल सङ्ख्या ७८ हजार ७ सय ८० रहेको प्रा.डा. गौतमले जनाकारी दिनुभयो ।