पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बङ्गलादेशको नयाँ कानुनमा बलात्कारीलाई मृत्युदण्डको सजाँय हुनसक्ने

काठमाडौं । बङ्गलादेशमा कानुन संशोधन गरी बलात्कारको अपराधमा अधिकतम सजाँयका रूपमा मृत्युदण्ड दिन सकिने प्रावधान गरिएको छ ।

प्रधानमन्त्री शेख हसिनाको नेतृत्वमा आज बिहान बसेको मन्त्रिपरिषद्को बैठकले कानुन संशोधन गर्ने प्रस्ताव स्वीकृत गर्दै अध्यादेशबाट नयाँ कानुन ल्याउने निर्णय गरेको हो । 

बङ्गलादेशका कानुनमन्त्री अनिसुल हकले उक्त संशोधित कानुन राष्ट्रपतिबाट मङ्गलबार जारी हुने र तत्काल लागु हुने बताउनुु भएको बीबीसीले उल्लेख गरेको छ ।

गत साता एउटी महिलाको सामूहिक बलात्कार गरिएको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएपछि देशव्यापी रुपमा गृहमन्त्रीको राजीनामा र बलात्कारीलाई मृत्युदण्ड दिइनुपर्ने माग गर्दै विरोध प्रदर्शन गरिएको थियो ।