पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

भोजपुर एअरपोर्ट कालोपत्रेमा तीव्रता

radionepal

निरोज कोइराला, भोजपुर । भोजपुरको टक्सारमा रहेको एकमात्र बिमानस्थल जोडने सडकको कालोपत्रे शुरु गरिएको छ । 

प्रदेश १ सरकार अन्तर्गतको पूर्वाधार विकास कार्यालय भोजपुरको १७ करोड लागतमा कालोपत्रेको काम थालिएको हो । ५ किलोमिटर लम्बाई भएको सडकको कालोपत्रेको काम रायमाझी–जगदम्बा–मार्सेली निर्माण सेवाले गरिरहेको छ । 

प्रदेश सरकारको महत्वपूर्ण योजना भएकाले कालोपत्रेको गुणस्तरमा समेत ध्यान दिईएको पूर्वाधार विकास कार्यालय भोजपुरका प्रमुख राजनराज रेड्डीले बताउनु भयो । 

कालोपत्रेका लागि आवश्यक प्रक्रिया सम्पन्न गरिएपनि निरन्तरको वर्षातका कारण काम शुरु गर्न समस्या भएको थियो । केही साता अघिबाट मौसममा सुधार आएपछि काम थालिएको हो ।