पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विपतमा परेका पीडितलाई राहत उपलब्ध गराइने

मालाती मोक्तान, धनकुटा । संघीय प्रतिनिधि सभा सदस्य राजेन्द्र कुमार राइले विपतमा परेका पीडितहरुलाई राहत उपलब्ध गराउने बताउनुभएको छ । 

धनकुटामा बसेको जिल्ला विपत व्यवस्थापन समिति धनकुटाको बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनु भएको हो । 

बैठकमा प्रदेश १ सभा सांसदहरु ईन्द्रमणी पराजुली, निरन राई, कुसुम श्रेष्ठ, लिला सुव्वा, जिल्ला सन्वय समितिका संयोजक टंक चौहान, धनकुटाका सात वटै स्थानिय तहका पालिका प्रमुख एवम उपप्रमुख लगायत सरकारी तथा गैहरसरकारी संघ संस्थाका प्रमुखको उपस्थिति रहेको थियो ।