पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

शुक्लाफाटा निकुञ्जमा सिमसार क्षेत्रको सरसफाई अभियान सुरु

कृष्ण साउद, कञ्चनपुर । शुक्लाफाटा राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेका सिमसार क्षेत्रहरुको सरसफाई अभियान सुरु गरिएको छ । 

सेनाको देवीदल गणको नेतृत्वमा शुक्लाफाटा राष्ट्रिय निकुञ्ज र एन.टि.एन .सि को सहकार्यमा निकुञ्ज क्षेत्रमा रहेका विभिन्न ताल पोखरिहरु सरसफाई गर्ने अभियानमा आज स्वामी ताल सरसफाई गरिएको छ । 

यसरी यस अभियान अन्तर्गत बाबा ताल, लक्ष्मणी ताल, बथनिया ताल र अन्य तालहरु समेत सरसफाई गर्ने योजना रहेको सहायक संरक्षण अधिकृत रविन चौधरीले वताउनु भएको छ । 

तालहरुमा जलकुम्भी लगायतका झारपातहरु उम्रियर वन्यजन्तुलाई पानी पिउन समस्या हुन थालेपछि ताल सरसफाईको अभियान सुरु गरिएको चौधरीले जानकारी दिनुभयो । 

उहाँले ताल सरसफाई गर्दा वन्यजन्तुलाई पानी खान सहज हुने, पर्यटन गतिविधिलाई प्रोत्साहन हुने र जलचर प्रजातीको संरक्षण हुने बताउनुभयो ।