पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सप्तरीमा एक महिलाको रहस्यमय तरिकाले हत्या

कृष्ण मण्डल, सप्तरी । सप्तरीको तिरहुत गाउँपालिका वडा नम्बर २ बस्ने मैनाकडेरीकी एक ५० वर्षीया महिलाको रहस्यमय हत्या भएको छ ।

गत बिहीबार बिराटनगरबाट घर आएकी दायमन देवी यादवको मृत शरीर शनिबार बिहान शौचालय नजिक आंगनमा घाँटीमा प्लाष्टिकको दुई वटा डोरीले बाँधेको, कान र नाकबाट रगत आएको तथा शरीरमा निलडाम समेत देखिएको अवस्थामा फेलापरेको हुनाले निजलाई कर्तव्य गरी मारेको हुन सक्ने सप्तरी प्रहरी प्रमुख राजेन्द्र धमलाले जानकारी दिनुभयो ।
    
गाउँस्थित घरमा दायमन र उनकी सासु ७६ वर्षिया जोहरीदेवी यादव बस्ने गरेका थिए । पति शिवनारायण बिराटनगर स्थित एक विद्यालयमा शिक्षक हुन् भने उनको दुई छोरा काठमाडौंमा बस्दै आएका छन् । 
    
शवलाई पोष्टमार्टमको लागि आइतबार नै धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइए पनि अहिले सम्म रिर्पोट आई नसकेको र घटनाको अनुसन्धान भइरहेको प्रमुख धमलाले जानकारी दिनुभयो ।