पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मनास्लु वर्ल्ड कलेजको ब्रान्ड एम्बासडरमा थापा नियुक्त

अजय बम, काठमाडौं । मनास्लु वर्ल्ड कलेजले राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरेको छ । 

सो सम्बन्धी सम्झौता पत्रमा मनास्लुका तर्फबाट अध्यक्ष गेन्द्र लामा र प्रिन्सिपल राजन श्रेष्ठ तथा थापाले एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभयो । सम्झौता एक वर्षका लागि गरिएको हो ।

कार्यक्रममा अध्यक्ष लामाले मनास्लुले शिक्षासंगै खेलकुदको माध्यमबाट अत्तिरिक्त क्रियाकलापलाई पनि अत्ति महत्वमा राखेको छ भन्ने सन्देश दिन पूर्व कप्तान सागर थापालाई ब्रान्ड एम्बासडरमा नियुक्त गरिएको बताउनुभयो । 

पूर्व कप्तान थापाले टिमसंग सहकार्य गर्ने अवसर दिएकोमा मनास्लु परिवारलाई धन्यवाद दिदै खेलकुदको पाटोमा विशेष गरी फुटबलमा के गर्नुपर्छ त्यसका लागि सक्दो सहयोग गर्न तयार रहेको प्रतिबद्धता जनाए ।

मनास्लुले यसअघि यु–१६ राष्ट्रिय पुरुष फुटबल टोलीका कप्तान जान लिम्बूलाई प्लस २ अध्ययनका लागि पूर्ण छात्रवृत्ति दिएको थियो । 

मनास्लुले फुटबलका साथै बास्केटबल, तेक्वान्दो, क्रिकेट र भलिबल गरी हाल सम्म ५५ खेलाडीलाई पूर्ण र आंशिक छात्रवृत्ति प्रदान गरिसकेको छ ।