पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकामा थप ८ सय १७ जनामा कोरोना सङ्क्रमण

radionepal

काठमाडौं । उपत्यकामा आज थप ८ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप ८ सय १७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । 

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा ६ सय ४९, ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी आज उपत्यकामा थप १ सय १७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।