पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गाडी दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु

रञ्जन यादब, बारा । बाराको पथलैयामा आज साँझ सवारी दुर्घटना हुँदा एकै परिवारको तीन जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा स्कुटी चालक निजगढ नगरपालिका वडा नं.१० बस्ने बर्ष २५ का तिर्थमान स्याङगतान, उनकी श्रीमती २२ वर्षीयाका ज्योती स्याङगतान र एक वर्षका काखे बच्चा रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरिक्षक दिपक श्रेष्ठले जानकारी दिनुभयो । 

पथलैयाबाट निजगढतर्फ जाँदै गरेका स्कुटी र निजगढ तर्फबाट आउँदै गरेको बस पथलैयाको दुधौरा खोला नजिक एक आपसमा ठोक्किएका थिए । 

बसको ठक्करबाट स्कुटीमा सवार तीनै जनाको घट्ना स्थलमै मृत्यु भएको थियो ।

चालक बस छाडी फरार भएका छन् भने बसलाई ईलाका प्रहरी कार्यालय सिमराको नियन्त्रणमा राखिएको छ । 

चालक र दुर्घटनाबारे अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।