पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लागूऔषध सहित दुईजना पक्राउ

radionepal

अशिष कुमार यादव, सुनसरी । सुनसरीको भोक्राहा नर्सिङबाट २ युवा लागूऔषधसहित पक्राउ परेका छन् ।

लागूऔषध कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरीले छापा मार्दा भोक्राहा नर्सिङ ४ चिरौली नहरबाट २० वर्षीय जमाल अन्सारी र २२ वर्षीय प्रविणकुमार उरावलाई पक्राउ गरेको हो ।

उनीहरुको साथबाट डाइलक्स डिसि १०० एमलको १०७ बोतल, नाइट्राभेट १ सय पत्ता (३ हजार ट्याब्लेट), स्पास्मोप्रोक्सिभन प्लस ६९६ क्याप्सुल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

उनीहरुमाथि जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।