पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेप्से १५६५.५५ विन्दुमा

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको सूचक नेप्से ४.२९ अंक बढेर १५६५.५५ विन्दुमा पुगेको छ ।

कारोबार सुरु भएको पहिलो १० मिनेटमै अघिल्लो दिनको १५६९.०६ विन्दुबाट झन्डै ८ अंक तल झरेको बजार साढे दुई बजेको वरपर १५७४.९५ विन्दुसम्म पुगेको थियो । सूचक सो विन्दुमा धेरै समय टिक्न नसक्दा समग्रमा ४ अंकभन्दा केही बढेर बजार बन्द भएको थियो ।

आइतबारको सेयर बजारमा १९१ कम्पनीहरका ३ अर्ब १४ करोड रुपैयाँ हाराहारीमा कारेबार भयो । आइतबार सबैभन्दा बढी सोल्टी होटलको ८४ लाख ९५ हजार ४३८ कित्ता सेयरको किनबेच भएको छ ।

आइतबार १२ उपसमूहमध्ये बैंक, होटल, विकास बैंक फाइनान्स र म्युचुअल फण्डको सूचक मात्र बढेको छ । होटल समूहको सूचक करीब तीन प्रतिशतले बढ्ेको छ ।