पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश २ मा दुई सय २३ जना संक्रमणमुक्त 

अजय कुमार झा

जनकपुरधाम । प्रदेश नंं २ को विभिन्न जिल्लावाट २ सय २३ जना कोरोना संक्रमणमुक्त भएर आज घर फर्किएका छन् । 

संक्रमण मुक्त हुनेमा १ सय ९९ जना पुरुष तथा २४ जना महिला रहेको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भयो ।

संक्रमणमुक्त हुनेहरु विभिन्न संस्थागत आईसोलेसन तथा होम आईसोलेसनमा रहनु भएका संक्रमितहरु भएको मन्त्रालयले जनाएको छ । 

खास गरेर प्रदेशमा संक्रमित भएका १३ हजार ३ सय ९३ जना मध्ये हालसम्म ७ हजार ७ सय ४९ जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ताले जानकारी दिनु भएको छ । 

पछिल्लो २४ घण्टामा मात्र विभिन्न जिल्लामा गरेर ९० जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । संक्रमित हुने जिल्ला तथा संख्यामा धनुषा जिल्लामा १३ , महोत्तरीमा २, सिरहामा ४८, वारामा ३, पर्सामा १५, सर्लाहीमा १, रौतहटमा ६ र जिल्ला नखुलेका १ जना रहेको प्रदेश २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ ।