पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

तीन दिनदेखि अबरुद्ध तानसेन बुटवल सडक एकतर्फी सुचारु

radionepal

बिष्णु खनाल
पाल्पा ।
तीन दिनदेखि अबरुद्ध तानसेन बुटवल सडक एकतर्फी खुलेको छ । अबिरल वर्षाका कारण सडक माथिबाट खसेको पहिरो हटाउन नसक्दा तीन दिनदेखि सडक अबरुद्ध थियो ।

सडक खुलाउने लामो प्रयासपछि आइतबार साढे तीन बजेदेखि एकतर्फी सडक सुचारु भएको पहिरोग्रस्त स्थानमा रहनुभएका पाल्पाका ट्राफिक प्रहरी प्रमुख पृथ्बीनारायण काफ्लेले जानकारी दिनुभयो । सिद्धार्थ राजमार्गको दोभान, सिद्धबावा, चर्चरे, डुम्रे, पैठेडाँडा, कालीमाटी, पीपलडाँडा, राम्दी लगायतका क्षेत्रमा पहिरो खसेको थियो ।

एकतर्फी रुपमा राजमार्ग संचालनमा आएपछि रोकिएका सवारी गन्तब्य तर्फ लागेका छन । राजमार्गका अन्य क्षेत्रमा खसेको पहिरो हटाइएपनि सिसुवा क्षेत्रको ठूलो ढुंगासहितको पहिरो हटाउन नसक्दा हजारौँ यात्रुले सास्ती बेहोर्नु परेको थियो ।