पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

घुस लिएको आरोपमा चार प्रहरी निलम्बित

रोहित काफ्ले
भद्रपुर, झापा
। घुस लिएको अभियोग लागेपछि इलाका प्रहरी कार्यालय दमकका चारजना प्रहरी निलम्बनमा परेका छन् । उनीहरु माथि विभागीय छानबिन शुरु भएको छ ।

निलम्बनमा पर्नेहरुमा प्रहरी सहायक निरीक्षक भरत कोइराला, हवल्दार शिवचन्द्र मुखिया, जवान भीमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल छन् ।

मल व्यापारीसँग ६५ हजार घुस लिएको खुलेपछि उनीहरुमाथि विभागीय कारबाही शुरु गरिएको हो । आवश्यक छानवनका लागि उनीहरुलाई निलम्बन गरिएको दमकका प्रहरी प्रमुख डिएसपी विजयराज पण्डितले बताउनु भयो ।