पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सरकारले धानको मुल्य तोक्ने र खरिद गर्ने

radionepal

कृष्ण मण्डल, सप्तरी । पहिलो पटक प्रदेश २ र संघीय सरकारको समन्वयमा धानको न्युनतम समर्थन मुल्य निर्धारण गरी सरकारले समेत खरिद गर्ने निर्णय गरेको छ ।

सरकारले प्रति क्विन्टल मोटो धान २ हजार ७ सय ३५ रुपैयाँ, मध्यम २ हजार ८ सय ८५ रुपैयाँ निर्धारण गरेको हो । तीन दिन अघि मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा संघीय कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालको उपस्थितिमा धानको मुल्य र खरिद सम्बन्धी छलफल गरी उक्त निर्णाय भएको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री शैलेन्द्र साह बताउनु भयो ।

धानको न्युनतम मुल्य निर्धारण गरि सरकारी स्तरबाटै धान खरिद गर्ने गरि योजना निर्माणका लागि प्रदेश भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयले १० दिन भित्र विस्तृत प्रस्ताव तयार गरि संघीय मन्त्रालयमा पेश गर्ने निर्णय गरेको छ ।

किसानहरुलाई सहजताका लागि ‘संघ र प्रदेश सरकारको समन्वयमा यो वर्षका लागि समर्थन मूल्य निर्धारण गरिएको हो, किसानले उत्पादन गरेको धान विक्री हुन बाँकी रहे सरकारले खरिद गर्नेछ ।’ किसानलाई मर्का नहोस् यसका लागि संघ र प्रदेश सरकारको समन्वयमा भण्डार कक्ष निर्माण गरी किसानले उत्पादन गरेको धान खरिद गर्ने योजना समेत रहेको मन्त्री साहले बताउनु भयो ।