पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १० जनाको मृत्यु

radionepal

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १० जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले एक जना महिला र नौ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट काठमाडौँकी ५० बर्षीया महिलाको मृत्यु भएको हो भने वाराका २० बर्षीय पुरुष , ललितपुरका ४२ र ७७ बर्षीय पुरुष , काठमाडौँका ६१ र ६२ बर्षीय पुरुष , रुपन्देहीका ७२ बर्षीय पुरुष, बर्दियाका ६३ र ५० बर्षीय पुरुष, र अछामका ३४ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।