पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरानाबाट ज्यान गुमाएका पुरुषको ससम्मान अन्त्यष्टि 

radionepal

टेकराज भण्डारी

अछाम । अछाममा कोरोना संक्रमणका कारण ज्यान गुमाएका पुरुषको अन्त्यष्टि गरिएको छ । शनिवार राती जिल्ला अस्पताल अछाममा ज्यान गुमाएका जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा न ३ बर्दादेविका ३४ बर्षीय पुरुषको अन्त्यष्टि गरिएको हो । सुरक्षित रुपमा बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ४ मा रहेको बनमा गाढेर अन्त्यष्टि गरिएको अछामका प्रहरी प्रमुख डिएसपी योगेन्द्रसिंह थापाले जानकारी दिनुभयो । नेपाली सेनाको टोलीले सम्मानका साथ सुरक्षित रुपमा अन्त्यष्टि गरिएको उहाँले जानकारी दिनुभयो । 

गत भाद्र २५ गते भारतबाट अछाम पुगेका मृतक पुरूषको डोटी अस्पतालको प्रयोगशाला कोरोना परीक्षण गर्दा असोज ९ गते पोजेटिभ रिपोर्ट आएको थियो । उनीसंगै क्वारिन्टाइनमा बसेका थप १९ जनाको समेत कोरोना पोजेटिभ देखिएको छ । उनीहरु गाउँपालिकाले स्थापना गरेको आईसोलेशमा उपचाररत रहेका छन् । 

श्वासप्रश्वासमा समस्या भएपछि शनिबार अस्पताल ल्याईएका उनको राती ९ बजे मृत्यु भएको जिल्ला अस्पताल अछामका प्रमुख निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले जानकारी दिनुभयो । 

यो संगै कोरोनाबाट अछामका चार जनाको ज्यान गैसकेको छ । हाल अछाममा कोरोना संक्रमितको संख्या एक हजार २२ जना पुगेको छ । जसमध्ये नौ सय नौ जना निको भई घर फर्किसकेका छन् ।