पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

वुटवल तानसेन सडक पहिरोले अवरुद्ध

काठमाडौं । अविरल वर्षाका कारण सिद्धार्थ राजमार्ग अन्तरगत बुटवल–तानसेन सडक खण्डको विभिन्न स्थानमा पहिरो खसेर सडक अवरुद्ध भएको छ । 

सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडकको चरचरे, पावर हाउस, सिसुवा, झुम्सा, पानीमिल, गौडेपुल, पैठेडाडा सिद्धबाबा लगायतका ठाउँमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

तानसेन–८ डुम्रेदेखि रुपन्देहीको सिद्धबाबा सम्मको सडकखण्डमा विभिन्न १८ वटा पहिरो अझैं बाटोमै रहेको प्रदेश ५ का प्रदेश सांसद तुलाराम घर्तीलाई उदृत गर्दै हाम्रा सम्बाददाताले जनाएका छन् ।

हिजोराती परेको ठूलो वर्षाले सडक अबरुद्ध भएको हो । आज पहिरो हटाउन पाल्पा र बुटवल दुबै तर्फबाट गरी तीन वटा डोजर प्रयोग गरिएको दोभान प्रहरीले जनाएको छ ।