पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मोटरसाईकल दुर्घटना हुँदा एकजनाको मृत्यु

बिश्व अधिकारी, मकवानपुर । मकवानपुरको मनहरीमा ट्रक र मोटरसाईकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

मकवानपुरको मनहरी गाउँपालिका–९ खरंगा स्थित पूर्वपश्चिम राजमार्गमा शनिबार अपरान्ह मोटरसाईकल र ट्रक एक आपसमा ठोक्किँदा मोटरसाईकलमा सवार एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक जना गम्भीर घाईते भएका छन् । 

हेटौँडाबाट मनहरीतर्फ जाँदै गरेको ना ४३ प ७२ नम्बरको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको ना ५ ख ४६५२ नम्बरको ट्रकसंग आपसमा ठक्कर खाएर दुर्घटना भएको हो । दुर्घटनामा मृत्यु हुनेमा बारा रतनपुरका अन्दाजी ३० बर्षीय सूर्य स्याङ्तान रहेका छन् । उनको उपचारको क्रममा हेटौंडाको चुरेहिल अस्पतालमा मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । 

दुर्घटनामा मोटरसाइकलको पछाडि सवार अन्दाजी १८ बर्षीया बिनिता स्याङतान घाइते भएको र उनको चुरेहिल अस्पतालमै उपचार भइरहेको साथै अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।