पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

अनुगमनका लागि १० टोली परिचालन गर्ने विभागको तयारी

काठमाडौं । वाणिज्य मन्त्रालयले दशैं नजिकिदै गर्दा काठमाण्डौको बजारमा विभिन्न १० वटा बजार अनुगमन टोली परिचालन गर्ने तयारी गरेको छ ।

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण विभाग मार्फत काठमाडौमा बजार अनुगमनको कामलाई प्रभावकारी रुपमा गर्ने गरी आवश्यक व्यवस्था मिलाएको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

बजारको अनुगमन टोलीगत र एकीकृत रुपमा पनि गर्ने तयारी गरेको विभागले बिहिवारबाट बजार अनुगन शुरु गरेको हो । यस अघि ७७ वटै जिल्लामा बजार निरीक्षण अधिकृत नियुक्त गरेर खटाएकोमा छिट्टै महानगर र प्रदेश स्तरमा पनि निरीक्षण अधिकृत खटाउने व्यवस्था मिलाएको पनि महानिर्देशक सुवेदीले उल्लेख गर्नुभयो । 

विभागले दशैंलाई मध्यनजर गरेर खाद्य व्यवस्था तथा व्यापार कम्पिनी लिमिटेड मार्फत दशैंका लागि ३ हजारको संख्यामा भेडा र च्यडग्रा विक्रि गर्ने तयार अघि बढाएको छ ।

कम्पनीले सहुलियत सेवा र व्यापारलाई समानान्तर रुपमा अघि बढाउने योजनामा काम गरिरहेको जनाएको छ । सर्वसाधारणलाई सहुलियत मूल्यमा सामान उपलब्ध गराउनेदेखि लिएर व्यापारको काम समेत गर्ने योजनामा काम गरिरहेको खाद्य व्यवस्था तथा व्यापार कम्पिनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत समेत रहेका सुबेदीले जानकारी दिनु भयो ।