पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

मधेशी सामाजिक अभियन्ता पहाडमा सम्मानित 

radionepal

राकेश गुप्ता, सर्लाही । सर्लाहीको कविलासी नगरपालिका निवासी सरोज रायले तराई मधेश, पहाड र हिमाललाई एकताको सुत्रमा बाधिरहनुभएको छ । के मधेशी, के पहाडी, के हिमाली, हामी सबै नेपाली मुल संदेश दिदैँ जातिय विभेदलाई चिर्दै समाजिक अभियन्ता राय आफनो काम निरन्तर गरिरहेकोले मधेशको छोरा हुदाँ पनि पहाडमा सम्मानित हुनुभएको छ ।

अभियन्ता रायले देशका विभिन्न स्थानका पिडित परिवारमा सहयोग गरी विभिन्न समस्या समाधान गरेपछि अभियन्ता राय सम्मानित भइरहनुभएको छ । बिगतका दिनहरुमा तराई मुलका मानिसलाई हेर्ने दृष्टिकोण र बर्तमाण समयको दृष्टि फरक देखिएको छ । 

अहिले तराई मुलका देखिने एक मधेशीको छोरो समाजिक अभियन्ता रायलाई दैलेख जिल्लामा भब्य रुपमा त्याहाँका स्थानियहरुले स्वागत तथा सम्मान गरेका छन । दलैख जिल्ला स्थित डुल्लु नगरपालिका वडा न. २ नाउली गाउँका पुरै गाउँबासी आएर एउटा मधेशको छोरा लाई पञ्चे बाजा गाजा सहित टिका लगाएर सम्मान दिएको हो ।  त्यस्तै अभियन्ता रायको स्वागतमा महिलाहरूले देउडाÞ खेल देखाउनुको साथै, ठाडी भाका पनि सुनाउनु भएको थियो ।

एक वर्ष पहिले दलैख जिल्ला स्थित डुल्लु नगरपालिका वडा न. २ नाउली गाउँका  १४ वर्षिय प्रेम विक रोजगारीको सिलसिलामा भारतको बम्बई गए । बम्बई गएका बिक १ दिनमै हराए । छोरो लामो समय सम्म सम्पर्कमा नआउँदा छोरालाई खोज्न २ लाख रुपैयाँ पनि खर्चे तर छोरा नभेटिएपछि आश मारिसकेका थिए । 

प्रहरीमा निवेदन दिए सम्पुर्ण प्रयास गर्दा पनि केहि नलागेपछि अब छोरो नफर्किने आश मारेर घरमै बसेको बुवा शेरबहादुर विकले भने । तर समाजिक अभियन्ता रायले छोरालाई फर्काइ दिएपछि आफुहरुले उहालाई केही दिन नसकेपनि आफनो मौलिक परम्परा अनुसार सम्मान गरेको हराएको बालकको बाबु शेरबहादुर बिकले बताए । 

भारतमा बालबालिकाको क्षेत्रमा काम गर्ने बाल कल्याण समितिले १४ वर्षिय बालकलाई ८ महिना पहिले फेला पारे । फेला पारिसकेपछि गुगलमा सर्च गरेर नेपाल स्थित बालबालिका सँग सम्बन्धित संस्था तथा नेपाल सरकारलाई बाल कल्याण संस्थाले ईमेल गर्दा कुनै जबाफ दिएन । 

सोहि ईमेल समाजिक अभियन्ता रायकोमा पनि आयो । रायलाई जानकारी हुन साथ कोरोनाको महामारीको समयको परवाह नगरीकनै भारततिर गए । १४ वर्षिय बि.क लाई बाल कल्याण संस्थाले पहिला पटना पठाए, पटना पश्चात भागलपुर पठाए । समाजिक अभियन्ता राय भागलपुर पुगि बिकलाई उद्धार गरे । 

यति सम्म मात्र हैन समाजिक अभियन्ता राय उद्धार गरी बालक लिएर नेपाल छिर्दा भारतिय सिमा नाकामा तैनाथ भारतिय प्रहरी रायलाई नेपाल छिर्न नदिए पछि खेतै खेतको बाट लुकिछिपि नेपाल आए । नेपाल आए पछि बालक सहित राय निजि निवास जनकपुर दुई दिन बसे । 

दुई दिनमा पिसिआर रिपोर्ट नेगेटिभ आएपछि मात्र बालकको गृह जिल्ला दैलेख बालकको अभिभावकलाई जिम्मा लगाए ।

डुल्लु नगरपालिका वडा नं. २ का अध्यक्ष लक्षी राम थापाले समाजिक अभियन्ता रायले गाउँको बालकलाई फर्काएर पहाड तराईलाई एकताको मालामा बाँधेको बताए । पहाडलाई पर्दा मधेशले साथ दिनुपर्ने मधेशलाई पर्दा पहाड हिमालले साथ दिनुपर्ने उच्च एकता संदेश अभियन्ता रायले दिएको वडा अध्यक्ष थापाले बताए । 

यसैगरी १४ वर्षिय बालकलाई सकु्शल रायले फर्काएपछि हराएकै समस्या लिएर एक जना त्यही गाउँकै स्थानिय राय कहाँ आइपुगेका छन् । आश मारिसकेको छोरो फर्काएपछि आफनो पनि छोरा फर्किने भनेर एक जना स्थानिय अभियन्ता रायलाई छोरा फर्काउन अपिल गरेका हुन । 

हराएको अर्को १७ वर्षिय किशोर मंगल बिक रहेका छन । विक  भारतको उतराखण्ड प्रदेश जिल्ला उतरकाशी ८ महिना पहिले रोजगारीको सिलसिलामा जादाँ हराइरहेका छन । आर्थिक रुपमा विपन्न यि विकट क्षेत्रका स्थानियहरु वर्षेनी रोजगारीको सिलसिलमा भारत जाने गरेका छन् ।