पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

थप ११ सय ४७ जना कोरोना संक्रमण मुक्त

radionepal

बालिका मादेन, काठमाडौं । आज देशभरका ५१ जिल्लामा थप एक हजार दुई सय ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस व्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा .डा जागेश्वर गौतमले ४ सय ११ महिला र ७ सय ९६ पुरुषमा संक्रमण पुष्टि भएको जानकारि दिनुभयो । 

यस्तै आज काठमाडौमा ५ सय ८३, भक्तपुरमा ६३, ललितपुरमा ७८ सहित उपत्यकामा ७ सय २४ जना संक्रमित थपिएका छन् ।

हालसम्म कूल संक्रमितको संख्या ७१ हजार ८ सय २१ पुगेको प्रा. डा गौतमले जानकारी दिनुभयो । 

यस्तै आज ७० जिल्लामा १८ हजार तीन सय ४१ जना संक्रिय संक्रमित रहेका छन् । 

संक्रिय संक्रमितहरु मध्ये १० हजार ५ सय ८ जना होम आइशोलेसन र ७ हजार ८ सय ३३ जना संस्थागत आईशोलेशनमा रहेको प्रवक्ता प्रा.डा गौतमले जानकारी दिनुभयो । 

यस्तैगरी गम्भीर लक्षण भएका २ सय २४ संक्रमितको आइसीयू तथा २७ जनाको भेण्टिलेटरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।  

यस्तै संक्रमणबाट आज एक हजार एक सय ४७ जना मुक्त भएसँगै हालसम्म संक्रमण मुक्त हुनेको संख्या ५३ हजार १३ पुगेको छ ।

कोरोना संक्रमण कारण आज थप ८ जना पुरुषको मृत्यु भएसँगै हालसम्म संक्रमणबाट मृत्यृ हुनेको संख्या ४ सय ६७ पुगको छ ।

संक्रमणबाट काठमाडौका २ जना, ललितपुर, भक्तपुर, सप्तरी, सुनसुरी, कैलाली र रुपन्देही जिल्लाका १–१ जनाको मृत्यु भएको प्रा. डा गौतमले जानकारी दिनुभयो ।