पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दुग्धमतिको संरक्षण तथा सरसफाई अभियान जारी

radionepal

अजय कुमार झा, जनकपुरधाम । जनकपुरधामको धार्मिक तथा ऐतिहासिक महत्वको दुग्धमती संरक्षण तथा साप्ताहिक सरसफाइ अभियान जारी रहेको छ ।

सफाई अभियानको ४७ औं हप्ता आज प्रदेश नंं २ का उधोग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव डा. रामचन्द्र कँडेलको बिशेश सहभागितामा दुग्धमती नदीको किनारको सरसफाइ तथा किनारमा लगाइएको विरुवाहरुको गोडमेल गर्ने कार्य सम्पन्न भएको छ ।

सरसफाइ कार्यक्रममा सहभागि हुदै सचिव डा कणेलले अभियानको सराहना गर्दै ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमती नदीको समग्र विकासका लागि मन्त्रालयले सक्रिय सहयोग गर्ने बताउनु भयो ।

प्रदेश नंं २ का सरकारले दुग्धमतिको विकास तथा संरक्षणका लागि विषेश गुरुयोजना तयार गर्ने काम गरिरहेको छ । मुख्यमन्त्री सरसफाई अभियान अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालनमा रहेको छ ।

सरसफाई अभियानमा पर्यावरण अभियानी एवं सहायक वन अधिकृत सुरेश शर्मा, धनुषाका वन अधिकृत सुनिल कर्ण, रौतहटका वन अधिकृत बिनोद सिंह, मुख्यमन्त्री कार्यालयका बिपिन ठाकुर सहितका दर्जनौ अभियानीहरु सहभागि रहेका थिए ।

खास गरेर ऐतिहासिक तथा धार्मिक महत्वको दुग्धमति नदि महत्वपूर्ण भएको र रामायणसंग यसको इतिहास जोडिएकाले यसको संरक्षणका लागि विभिन्न व्यक्ति, धार्मिक संघ संस्थाद्वारा संरक्षणको माग पटक पटक हुदै आएको छ ।

त्रेता यूगमा दुग्धमति नदिमा दूधको धारा वग्ने गरेको र माता जानकीले पनि सेवन गरेको धार्मिक मान्यता रहेको छ । अहिले पनि दुग्धमतिको पानी निक्कै स्वच्छ रहेका छन् ।