पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकामा थप सात सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि

radionepal

सम्झना गौतम
काठमाडौं ।
उपत्यकामा आज सात सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप सात सय २४ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा पाँच सय ८३ जना, ललितपुरमा ७८ जना र भक्तपुरमा ६३ जना गरी आज उपत्यकामा थप सात सय २४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर चार सय ११ जना महिला र सात सय ९६ पुरुष गरी एक हजार दुई सय सात जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ७१ हजार आठ सय २१ पुगेको छ ।

त्यस्तै आज देशभर आज एक हजार एक सय ४७ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ५३ हजार १३ जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।