पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

रगत अभाव हुन नदिनका लागि रक्तदान कार्यक्रम आयोजना

मालाती मोक्तान, धनकुटा । कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियान धनकुटाको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ  । 

कोभिड १९ का कारण ब्लड बैंकमा रगत अभाव हुन नदिनका लागि सरकारले आह्वान गरेको रक्तदान कार्यक्रमलाई सहयोग पुर्याउने उद्देश्यले आयोजना गरिएको रक्तदान कार्यक्रममा ८१ पाउण्ड रगत संकलन गरिएको कृषि पर्यटन प्रवर्द्धनमा महिला अभियानका अध्यक्ष तारा तितुङले बताउनु भयो । 

धनकुटा नगरपालिकाको संस्थागत सहयोग तथा जिल्ला रेडक्रस धनकुटाको प्राविधिक सहयोगमा आयोजना गरिएको रक्तदान कार्यक्रममा २४ जना महिला र ५७ जना पुरुष गरी जम्मा ८१ जनाको सहभागिता थियो । संकलित रगत विराटनगर स्थित ब्लड बैंकमा पठाइएको आयोजकले जनाएको छ ।