पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप आठ जनाको मृत्यु

radionepal

सम्झना गौतम
काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप आठ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ६७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आठ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा सप्तरीका ६३ बर्षीय पुरुष, काठमाडौँका २० र ७४ बर्षीय पुरुष, भक्तपुरका ८८ बर्षीय पुरुष, मकवानपुरका ७४ बर्षीय पुरुष, ललितपुरका ७६ बर्षीय पुरुष, रुपन्देहीका ७२ बर्षीय पुरुष र कैलालीका ३० बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।