पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

बझाङको विकासबारे जिल्ला सभामा छलफल

radionepal

जगदीश रोकाया, बझाङ । बझाङ जिल्लाको समग्र विकासको अवस्थाबारे जिल्ला सभामा समिक्षा भएको छ । शुक्रबार भएको बझाङको जिल्ला सभामा सहभागी स्थानियतहका प्रमुख लगायत जिल्लास्थित स्थानीय कार्यालयका प्रमुखहरुबीच भएको छलफलबाट जिल्लाको बर्तमान अवस्था भावि दिनमा अझै राम्रो काम कसरि गर्न सकिन्छ भन्ने विषयमा व्यापक  छलफल भएको थियो ।

२ दिनसम्म सञ्चालन भएको जिल्ला समन्वय समितिको चौथौ जिल्ला सभा तथा आर्थिक बर्ष २०७६–०७७ को बार्षिक समिक्षा गोष्ठीमा जिल्लाका १२ ओटै स्थानिय तहले गत आर्थिक बर्षभएको खर्च र उपलब्धी सहित समस्या चुनौतीहरु प्रस्तुत गरेका थिए ।  

स्थानीय कार्यालयहरुले पनि गत वर्षको बजेट खर्च साथै उपलब्धीको बारेमा जानकारी गराएका थिए । सभामा बझाङ जिल्लाको हाल सम्म भएको विकासको अवस्था सम्भावना चुनौतिका बारेमा पनि सहभागीहरुमा साझा छलफल भएको थियो । 

समुदायको विकासका लागी स्थानिय तहका साथै अन्य कार्यलय र संघ संस्थाहरुको पनि एकता सहकार्य हुनुपर्नेमा सहभागीहरुले जोड दिएका थिए । 

यस वर्षको जिल्ला सभाबाट जिल्लाको विकासको लागी थप महत्वपुर्ण निर्णय भएका र यी निर्णयहरु स्थानिय तह, प्रदेश सरकार र संघ सरकारलाइ पनि जानकारी गराउने जिल्ला समन्वय समितिका सदस्य गजेन्द्र सार्कीले बताउनुभयो ।