पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

गृहमन्त्रीद्वारा छाङरुमा सशस्त्र प्रहरी बलको गुल्म उद्घाटन

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले दार्चुलाको व्यास गाउँपालिका १ छाङरुको गागामा स्थापित सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको उद्घाटन गर्नुभएको छ । 

गृहमन्त्री थापासँगै  छाङरुमा सशस्त्र प्रहरीका आइजिपी शैलेन्द्र खनाल, गृह सचिव महेश्वर न्यौपाने, दार्चुलाका सांसद गणेशसिह ठगुन्ना, गृहमन्त्रीका राजनीतिक सल्लाहकार सूर्य सुवेदी, सुरक्षा सल्लाहकार इन्द्रजीत राई, नेपाली सेनाका सहायकरथी पवनराज घिमिरे, सशस्त्र प्रहरीका एआइजी रामशरण पौडेललगायतको टोली त्यहाँ पुुगेको छ ।

दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले त्यहाँको कौवा, तिङ्करलगायत क्षेत्रमा निरीक्षण गरी भोली फर्किने योजना रहेको दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले बताउनुभयो ।  

भारतले अतिक्रमण गरेको कालापानी क्षेत्र नजीकै गत वैशाख ३१ गते सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट राखिएकोमा गत असार २८ गतेको मन्त्रिपरिषद्को निर्णयानुसार छाङ्रुमा सशस्त्र प्रहरी बलको गुल्म स्थापना गरिएको हो । 
रासस