पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

लोकसेवा आयोगद्धारा परीक्षा तालिका सार्वजनिक

radionepal

काठमाडौं । लोक सेवा आयोगले कोरोना भाइरसको रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ ।

आयोगले आज शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो ।

न्याय सेवातर्फका अधिकृत पदको परीक्षा कात्तिक १८ देखी २० गतेसम्म, व्यवस्थापिका संसदतर्फ (आन्तरिक प्रतिस्पर्धा)को पहिलो पत्रको परीक्षा कात्तिक २१ र दोस्रो पत्रको परीक्षा कात्तिक २२ गते हुने आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीले जानकारी दिनुभयो ।

प्रशासन, परराष्ट्र, लेखा परीक्षण र संसद सेवातर्फ खुला तथा समावेशी परीक्षा कात्तिक २३ गतेदेखि सुरु हुने लोकसेवा आयोगले जनाएको छ ।

यस्तै, नायब सुब्बा अन्र्गगत विभिन्न सेवाका परिक्षा मंसिर ७ देखी १२ गते हुने आयोगले जनाएको छ ।