पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

खेलाडीलाई प्रशिक्षणको स्वीकृति दिन राखेप तयार

अजय बम, काठमाडौं । खेलाडीलाई प्रशिक्षणको स्वीकृति दिन राष्ट्रिय खेलकुद परिषद् (राखेप) तयार देखिएको छ ।

कोरोना भाईरसको महामारीका कारण झण्डै झण्डै ६ महिनादेखि बन्द रहेको प्रशिक्षणलाई सुरु गर्न राखेप तयार देखिएको हो ।

सरकारले लागू गरेको लामो समयको लकडाउन र निषेधाज्ञाले खेलकुद गतिविधि अघि बढाउने चुनौती राखेप समक्ष रहेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले प्रशिक्षणको अनुमती दिन कुनै समस्या नभएको बताउँदै अर्को हप्तासम्म सबै खेलको प्रशिक्षण सुरु गर्ने गरि तयारी अघि बढेको जानकारी दिुनभयो ।

राखेपले सामाजिक दुरी कायम राख्दै सरकारको मापदण्ड र सम्बन्धित संस्थाको अन्तराष्ट्रिय मापदण्डलाई कायम राख्दै प्रशिक्षण सुरु गर्ने तयारी गरेको छ ।

सरकारले धेरै मानिसको भिडभाड हुने कार्यक्रम तथा खेल प्रतियोगितालाई तत्काल बन्द गर्ने निर्णय यथावत गरेको छ । सोही कारण खेलकुदको प्रशिक्षण सञ्चालन गर्न राखेपलाई कठिनाई भइरहेको छ । प्रशिक्षणका लागि चौतर्फी रुपमा दबाब आउन थालेपछि राखेप समेत सबै खेलकुदको प्रशिक्षणलाई सुरु गर्ने तयारीमा जुटेको हो ।