पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

फिफाद्वारा ट्रिनडाड एण्ड टोबागो फुटबल संघ निलम्बित

काठमाडौं । विश्व फुटबल महासंघ फिफाले ट्रिनडाड एण्ड टोबागो फुटबल संघलाई निलम्बन गरेको छ । फिफाको नियम उलंघन गरेको भन्दै तत्काल लागु हुने गरी फिफाले क्यारेवियन फुटबल संघलाई निलम्बन गरेको हो ।

फिफा काउन्सिलले गरेको निर्णयमा ट्रिनडाडा एण्ड टोबागो संघले आर्टिकल ५९ अन्तर्गत नियम उलंघन गरेको बताइएको छ । जसमा फिफाले तत्कालका लागि तदर्थ समिति बनाएको छ । ट्रिनडाड एण्ड ट्रिबागो फुटबल संघमा अब्यवस्थित काम गरेको र भ्रष्टाचार गरेको भन्दै कारवाही गरेको हो ।