पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राप्तीसोनारीमा विओपी राख्ने तयारी

radionepal

गुरमुरत यादव, बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकाको वडा नम्बर ४ मा पर्ने गुर्दीनगौडीमा सशस्त्र प्रहरी बलको विओपी क्याम्प स्थापना गरिने भएको छ । 

त्यसका लागि जिल्लाका सांसद तथा प्रशासनले पहल गरिररहेको थियो । सरकारले करिव डेढ दशक अघि पत्ता लागेको नयाँ बस्तीका रुपमा परिचित उक्त ठाउँमा सरकारले सशस्त्र प्रहरीको विओपी क्याम्प स्थापना गर्न लागेको हो ।

विओपी क्याम्प स्थापनाका हुने भएपछि बिहीबार त्यस क्षेत्रमा पुगेर जनप्रतिनिधि, सुरक्षाकर्मी लगायतले स्थलगत निरीक्षण गरेका छन् । राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारु, समशेरगन्जस्थित सशस्त्र प्रहरी बलका सशस्त्र प्रहरी उपरिक्षक प्रकाशकुमार सुवेदी, राप्ती सोनारी गाउँपालिका वडा नम्बर ४ का वडाअध्यक्ष कान्छा थारु, वडा नम्बर ८ का वडाअध्यक्ष खुमबहादुर बस्नेत, जनप्रतिनिधि, समाजसेवी, नेपाल प्रहरी र सशस्त्र प्रहरी सहितको टोली पुगेर स्थलगत निरीक्षण गरेको हो ।

स्थलगत निरीक्षण गर्न पुगेका जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख समक्ष स्थानीय बासिन्दाले आफुहरु राज्यका हरेक सेवा, सुविधाबाट बञ्चित हुनु परेको दुखेसो पोखेका थिए । 

स्थानीय बासिन्दाले राखेका गुनासोलाई सम्बोधन गर्दै राप्तीसोनारी गाउँपालिका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले त्यस क्षेत्रको विकासका लागि हरेक वर्ष प्राथमिकतामा पारेको बताउनुभयो । 

त्यहाँ सञ्चार अन्र्तगत टेलिफोन टावर स्थापना गर्नुभन्दा पहिले सुरक्षाकर्मीको उपस्थिति अनिवार्य हुनुपर्ने उनको भनाइ छ । गाउँपालिकाले शिक्षा, स्वास्थ्य र बाटो मर्मतका लागि हरेक वर्ष प्राथमिकतामा राख्दै आएको अध्यक्ष थारुले स्पष्ट पार्नुभएको थियो ।