पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १७ जनाको मृत्यु

radionepal

सम्झना गौतम
काठमाडौं।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १७ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय ५३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पाँच जना महिला र १२ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मोरङकी ५५ बर्षीया महिला, सुनसरीकी ८१ बर्षीया महिला, भक्तपुरकी ७३ बर्षीया महिला, काठमाडौँकी ८२ बर्षीया महिला, धादिङकी ३२ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका ७८ बर्षीय पुरुष , धनुषाका ६८ र ७० बर्षीय पुरुष, रौतहटका ६५ बर्षीय पुरुष, भक्तपुरका ८४ बर्षीय पुरुष, काठमाडौँका ७५, ७९ र ८० बर्षीय पुरुष, दाङका ३९ बर्षीय पुरुष, तनहँका ३९ बर्षीय पुरुष, कपिल्बस्तुका ५० बर्षीय पुरुष, नवलपरासी ५५ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.