पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सभामुख सापकोटाद्धारा पुरस्कृत पत्रकारहरुलाई सम्मान

radionepal

समीरजंग शाह, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस काउन्सिलद्धारा विभिन्न विधामा पुरस्किृत पत्रकारहरुलाई सम्मान गर्नुभएको छ ।

प्रेस काउन्सिल नेपालको ५१ औं वार्षिकोत्सवका अवसरमा काठमाडौमा आज आयोजित कार्यक्रममा सभामुख सापकोटाले प्रेस काउन्सिल सुरेन्द्र बहादुर वस्नेत पत्रकारिता पुरस्काबाट जुम्लाका अर्जुन बोहोरालाई पुरस्कृत गर्नुभयो ।

प्रेस काउन्सिल क्रियाशिल पत्रकारिता पुरस्कारबाट पुरस्किृत हुनेहरुमा पत्रकार   नितु पण्डित, उमेश श्रेष्ठ, ऋषि धमला, राजेन्द्र कार्की, दिपेन्द्र श्रेष्ठ, ध्रर्बेन्द्र कुमार कर्ण  र गोविन्द चन्द्र क्षेत्री रहनुभएको छ ।

यसैगरी प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित हुनेहरुमा पत्रकार शान्ता कोमली, राधिका कंडेल, शेरबहादुर थापा, दिपेन्द्र ओली, रेणु पराजुली, देवी कुमारी गुरुङ, राजन कुमार सिंह, कमला श्रेष्ठ, राजु विश्वकर्मा, गिरीजा अधिकारी, गणेश चौधरी, माधव प्रसाद पौडेल, सुरेशचन्द्र अधिकारी र सतेन्द्र कुमार जवेगु रहनुभएको छ ।

प्रेस काउन्सिल भाषागत पत्रकारीता पुरस्कार बाम्बुले राई भाषाका गणेश कुमार राई र प्रेस काउन्सिल साहित्यिक पत्रकारीता पुरस्कार नव प्रज्ञापनका सम्पादक एवं प्रकाशक नवराज रिजाललाई प्रदान गरिएको छ ।