पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

राष्ट्रपतिद्वारा ‘हिमचितुवा’को निधनमा दुःख व्यक्त

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रख्यात नेपाली पर्वतारोही आङ्रिता शेर्पा ‘हिमचितुवा’ को असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले आज साँझ ट्वीट गर्दै दिवंगत शेर्पाको आत्माको चीर शान्तिको कामना गर्दै शोकाकुल परिवारमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।

राष्ट्रपति भण्डारीले उहाँको निधनबाट मुलुकको पर्वतारोहण पर्यटनका क्षेत्रमा अपूरणीय क्षति पुगेको ट्वीटरमा लेख्नुभएको छ ।