पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

दाङमा लागुऔषधसहित बाँकेका अन्सारी पक्राउ

प्रेमबहादुर राम्जा मगर, घोराही । जिल्ला प्रहरी कार्यालय दाङले लागुऔषध ब्राउन सुगरसहित बाँकेका एक जनालाई पक्राउ गरेको जनाएको छ । 

गोप्य सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङले बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ११ भट्टी टोलका ३५ बर्षीय महिन अन्सारीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाङको लमही नगरपालिका ९ अमिलियामा ब्राउन सुगरको कारोबार भइरहेको सुचनाका आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले अन्सारीलाई पक्राउ गरेको प्रहरी प्रबक्ता डिएसपी सुमित खड्काले जानकारी दिनुभएको छ ।

प्रहरीले अन्सारीबाट ३२५ ग्राम ब्राउन सुगर बरामद गरेको प्रबक्ता खड्काले जानकारी दिनुभएको छ । प्रहरीको नियन्त्रणमा रहेका अन्सारीलाई लागुऔषध शीर्षकमा मुद्धा दर्ता गरेर कारवाही प्रक्रिया सुरु भएको प्रहरीले जनाएको छ ।