पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सात महिनापछि भोजपुर– काठमाडौ उडान शुरु 

radionepal

निरोज कोइराला, भोजपुर । विश्वव्यापी रुपमा देखिएको कोरोना भाइरस (कोभिड १९) का कारण बन्द भएको भोजपुर काठमाण्डौ उडान सात महिनापछि पुन संचालनमा आएको छ । 

भोजपुर काठमाडौ उडान सोमवारबाट पुन शुरु गरिएको नेपाल बायु सेवा निगम भोजपुरका स्टेशन प्रमुख दिनेश सुन्दासले जानकारी दिनु भयो । उहाँका अनुसार हप्तामा सोमवार, मंगलवार र शुक्रवार गरी काठमाडौका लागि ३ उडान हुने छ । कोरोना महामारीका कारण गत चैत्र ११ गते देखि भोजपुर काठमाण्डौ हवाई उडान बन्द भएको थियो । 

भोजपुर बिराटनगर उडान भने अहिले सुचारु नहुने प्रमुख सुन्दासले बताउनु भयो । सुन्दासका अनुसार काठमांडौ भोजपुरका लागि हवाई भाडा ४ हजार ८ सय ५ रुपैया निर्धारण गरिएको छ । भोजपुर नगरपालिकाको वडा नम्वर १२ टक्सारमा रहेको एक मात्र विमानस्थला सरकारी ध्वजावाहक नेपाल वायु सेवा निगमको जहाजले मात्र काठमाडौका लागि उडान भर्दै आईरहेको छ ।