पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप १६ जनाको मृत्यु

radionepal

सम्झना गौतम
काठमाडौं ।
कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप १६ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या चार सय २७ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले तीन जना महिला र १३ जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङक्रमणबाट मृत्यु हुनेहरुमा मकवानपुरकी १७ बर्षीया महिला, ललितपुरकी ५८ बर्षीया महिला र दोलखाकी ५२ बर्षीया महिलाको मृत्यु भएको हो भने झापाका ७२ बर्षीय पुरुष , सुनसरीका ४९ बर्षीय पुरुष , पर्साका ८८ बर्षीय पुरुष , भक्तपुरका ८४ र ६२ बर्षीय पुरुष, काठमाडौँका ५८ र ७३ बर्षीय पुरुष, मकवानपुरका ६८ बर्षीय पुरुष, ललितपुर ६१ बर्षीय पुरुष, चितवनका ५५ बर्षीय पुरुष, रुपन्देहीका ६७ बर्षीय पुरुष , र बाँकेका ५० र ५९ बर्षीय पुरुषको मृत्यु भएको भएकोे मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.