पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

सप्तरीको रुपनी गाउँपालिका ६ का वडाध्यक्षको निधन

सञ्जीव विक्रम शाह, राजविराज । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष गोबिन्द सिंह थापाको सोमबार निधन भएको छ । 

एक्कासी गम्भीर बिरामी परेका थापालाई उपचारका लागि अस्पतालतर्फ लग्ने क्रममा बाटोमै मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ ।

दुई साताअघि पेट र हातखुट्टा सुन्निन थालेपछि उनलाई विराटनगरस्थित विराट नर्सिङ्ग होममा भर्ना गरी ९ दिनसम्म उपचार गरिएको थियो । अस्पतालले औषधि दिएर घरमै आराम गर्न भन्दै तीन दिनअघि मात्रै डिस्जार्च गरेपछि उनी घरमै बस्दै आएका थिए ।

सोमबार औषधि खाने क्रममा एक्कासी श्वास लिन समस्या भएपछि उनलाई उपचारका लागि विराटनगरतर्फ लग्ने क्रममा कोशी व्यारेज नजिक मृत्यु भएको गाउँपालिका अध्यक्ष हरेराम यादवले बताउनुभयो । 

मृत्यु भएका वडाध्यक्षको शवलाई घर ल्याइएपछि अन्त्येष्टिको तयारी गरिएको अध्यक्ष यादवले बताउनुभयो ।