पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

विज्ञापन ऐनको कार्यान्वयन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

तुलसी सापकोटा
काठमाडौं ।
प्रतिनिधिसभा बिकास तथा प्रविधि समितिले विज्ञापन (नियमन गर्ने) ऐनको पूर्ण कार्यान्वयन गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ ।

सिंहदरवारमा आज बसेको विकास समितिको बैठकले ऐन अनुसार २०७७ कार्तिक ७ गते भित्र विज्ञापन बोर्ड गठन गरी डाउनलिङ्क अनुमति लिएर नेपालमा प्रशारण गरिरहेका टेलिभिजन च्यानलहरुलाई विज्ञापन रहति (ऋभिभल ँभभम) बनाउन मन्त्रालयलाई निर्देशन दिएको हो ।

ऐनको प्रभावकारी कार्यन्वयनका लागि विज्ञापन रहित हुन नसक्ने विदेशी टेलिभिजनको प्रसारण रोक्न मन्त्रालयले बनाएको कार्ययोजना, यसका कारण रोकिने च्यानलहरुको विवरण र यसले पार्ने सकारात्मक र नकारात्मक प्रभावका बारेमा १५ दिन भित्र मन्त्रालयको धारणा समितिमा पठाउन पनि निर्देशन दिएको छ ।

यस्तै, स्वदेशी टेलिभिजनलाई प्रवद्र्धन गर्न विदेशी टेलीभिजनको प्रसारणमा नेपाली विज्ञापन प्रसारण गर्ने नीति नलिन पनि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई निर्देशन दिएको छ