पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

उपत्यकामा थप आठ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि

radionepal

सम्झना गौतम
काठमाडौं ।
उपत्यकामा आज थप आठ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले दिनुभएको जानकारी अनुसार उपत्यकामा थप आठ सय ५९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो ।

सङ्क्रमित हुनेहरुमा काठमाडौँमा छ सय ९८ जना, ललितपुरमा ७९ जना र भक्तपुरमा ८२ जना गरी आज उपत्यकामा थप आठ सय ५९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

त्यसैगरी आज देशभर छ सय ३९ जना महिला र एक हजार तीन सय ८१ पुरुष गरी दुई हजार २० जनामा कोरोना भाइरसको सङक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना सङ्क्रमितको कुल सङ्ख्या ६१ हजार पाँच सय ९३ पुगेको छ ।

त्यस्तै आज देशभर आज आठ सय ७१ जना कोरोना भाइरसको सङ्क्रमणबाट निको भई डिस्चार्ज भएका छन् । योसँगै कोरोना भाइरस सङक्रमणबाट निको भई डिस्चार्ज हुनेको कुुल सङ्ख्या ४३ हजारआठ  सय २० जना रहेको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।

No photo description available.

 

Image may contain: text that says '.सं. ४४ प्रदेशहरू जिल्ला महिला पुरुष 5 जम्मा 5 ३ अद्ाम क्ननपुर कैलाली डोटी वझाड ४५ ४६ ४७ 45 ४९ ५० 9 सुदुरपश्चिम १६ 9 १६ ७ १७ ૧ ৭ ३ २ 9 9 9 बाजुरा वैतडी आजको जम्मा आजको जम्मा संख्या ६३९ १३5१ २०२० ६१,५९३ प्रदेश प्रादेशिक रुपमा क्वारेनटाईनमा रहेका र डिस्चार्ज भएका विवरण क्वारेनटाईनमा भएका व्यक्तिहरुको संख्या ९३५ ३६७ ५०१ ५६१ प्रदेश ૧ प्रदेश बागमती गण्डकी हालसम्मको डिस्चार्जको संख्या ३६४७ ११९०० प्रदश ५ कर्णाली सुदुरपश्चिम जम्मा १७०३ ७९९ २५४७ ९७७१ २५३४ ६९६० २६५७ ६૧५૧ ४३६२० ७७३६ कोभिड-१९ राष्टिय अद्यावधिक विवरण। २०७७ आश्विन गते'

No photo description available.