पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कपिलवस्तुमा निषेधाज्ञा खुकुलो, होटल र यातायात सञ्चालन हुने

हरि अधिकारी, कपिलवस्तु । कपिलवस्तुमा विगतमा हुदै आएको निषेधाज्ञालाई खुकुलो पारिएको छ । 

कोरोना भाइरसको संक्रमण अझै फैलन सक्ने बताउदै विगतमा जारी निषेद्याज्ञा खुकुलो बनाएर जिल्लाका सरकारी कार्यालय, बैक, बजार, होटल, यातायात सेवा खुला गर्ने निर्णय गरिएको छ । 

जिल्लामा गत साउन २२ गतेबाट भदौ ३१ गतेसम्मका लागि निश्चित क्षेत्रलाई समय सिमा तोकी निषेधाज्ञा जारी गरिएको थियो । 

सकृय संक्रमितको संख्या घटेको र व्यापारीहरुको आग्रहपछि असोज १ गतेदेखि लागु हुने गरी विगतमा बन्द भएका होटल र यातायात क्षेत्रलाई खुला गरिएको छ । 

प्रजिअ दीर्घनारायण पौडेलको अध्यक्षतामा जिल्ला कोरोना विपद ब्यवस्थापन समितिको तौलिहवामा बसेको बैठकले उक्त निर्णय गरेको हो ।