पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

नेपालगन्जमा पर्यटन बोर्डको युनिट कार्यालय प्रस्ताव

गुरमुरत यादव
बाँके  । नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले कोरोना कहर सकिए लगत्तै नेपालको पर्यटन व्यवसायले नयाँ उचाई लिने बताउनुभएको छ ।

देशैभरिको पर्यटन पूर्वाधारको अध्ययन र कार्यक्षेत्रको विकास विस्तारका लागि अध्ययनका क्रममा नेपालगन्ज आइपुग्नुभएका डा.रेग्मीले सरोकारवालाहरुसँगको छलफलमा भन्नुभयो, ‘त्यसको लाभ लिनका लागि तयारी अवस्थामा बस्नुपर्छ ।

नाटा नेपालगन्जको समन्वयमा पर्यटन बोर्डले स्थानीय सरकारका प्रतिनिधि, पत्रकार, पर्यटन व्यवसायीहरुसँग छलफल गरेको हो ।

पर्यटन बोर्डले पर्यटन प्रवद्र्धनका नाममा मेला महोत्सवका लगानी निरर्थक देखिएको भन्दै अब परिणाममूखि क्षेत्रमा लगानी गर्ने कार्यकारी प्रमुख डा.रेग्मीको भनाई छ ।

नेपालगन्जमा बोर्डको युनिट कार्यालय राख्ने योजनामा डा.रेग्मीले नेपालगन्ज उपमहानगरपालिकासँग प्रस्ताव गर्नुभएको छ । नगर प्रमुख डा. धवल शम्शेर राणा र उपप्रमुख उमा थापामगर सहभागी छलफलमा पर्यटनको बोर्डको प्रस्ताव नेपालगन्जका हितमा भएको भन्दै स्वीकृत गर्न सकिने जनाउ प्रमुख र उपप्रमुखले दिनुभएको छ ।

‘पर्यटन नेपालगन्ज विकासको महत्वपूर्ण पिलर हो,’ क्यासिनो सिटीको अवधारणा सुनाउँदै डा.राणाले भन्नुभयो, ‘पर्यटनका लागि हामी पुरै सहकार्य गर्छौं ।’

पर्यटन मन्त्रालयका सल्लाहकार लक्ष्मण गौतम, पर्यटन बोर्डका अधिकृतसहित आउनु भएका डा.रेग्मीले नेपालगन्जका होटल तथा पर्यटन व्यवसायीसँग छलफल गर्नुभयो ।

‘पर्यटनका क्षेत्रमा धेरै गर्नुपर्ने छ,’ कोरोना कहरले पारेको पीडा सुनाउँदै होटल व्यवसायी महासंघका प्रदेश अध्यक्ष भाष्कर काफ्ले, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य कृष्ण श्रेष्ठ, होटल व्यवसायी संघ बाँके नेपालगन्जका अध्यक्ष भिमलाल कंडेल लगायतले पर्यटन बोेर्डसँग सहजीकरणको अपेक्षा गर्नुभयो ।