पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

प्रदेश नंं २ मा दुई सय ५१ जनामा कोरोनाको संक्रमण, कारागारका १ सय ४७ जना 

radionepal

अजय कुमार झा, जनकपुरधाम । पछिल्लो २४ घण्टामा प्रदेश नंं २ को विभिन्न जिल्लामा २ सय ५१ जनामा कोरोनाको संक्रमणको पुष्टि भएको छ । 

सवै भन्दा बढी सिरहा जिल्लाको कारागारमा मात्र १ सय ४७ जना सहित १ सय ७० जनामा कोरोनाको संक्रमणको पुष्टि भएको प्रदेश नंं २ का सामाजिक विकास मन्त्रालयले जनाएको छ । 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधाम, नारायणी उपक्षेत्रिय अस्पताल वीरगञ्ज तथा गजेन्द्र नारायण सिंह सगरमाथा अस्पताल राजविराजको प्रयोगशालामा गरिईएको पीसीआर परीक्षणमा धनुषामा ४ जना, महोत्तरीमा ७ जना, वारामा ४ जना, रौतहटमा २३ जना र सप्तरी जिल्लामा ४३ जनामा कोरोना संक्रमणको पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनुभएको छ । 

पछिल्लो पटक संक्रमण थप भएका संक्रमित सगै प्रदेशमा संक्रमितको संख्या १२ हजार २ सय १४ पुगेको छ । कोरोनावाट ६ हजार ५ सय ८३ जना संक्रमण मुक्त भएर घर फर्केका छन् । यसै गरि कोरोनाका कारणले १ सय १२ जनाको मृत्य भएको छ । 

१ सय ८१ जनाले कोरोनालाई पराजित गरे 

प्रदेश नंं २ को विभिन्न जिल्लामा रहेको संस्थागत तथा होम आईसोलेशनमा उपचारमा रहेका १ सय ८१ जना कोरोनाका संक्रमित संक्रमणमुक्त भएर घर आज घर फर्केका छन् ।

संक्रमणमुक्त हुनेहरुमा एक सय ७५ जना पुरुष तथा छ जना महिला रहेका छन् । यो सगै प्रदेशमा कोरनावाट संक्रमण मुक्त भएर घर फर्किनेको संख्या छ हजार पाँच सय ८३ पुगेका छन् ।

अहिले प्रदेश नंं २ मा रहेका कूल पाँच हजार पाँच सय १९ सक्रिय संक्रमित मध्ये संस्थागत आईसोलेशनमा आठ सय १८ जना तथा होम आईसोलेसनमा चार हजार सात सय एक जना रहेको सामाजिक विकास मन्त्रालयका प्रवक्ता एवं निमित्त निर्देशक विजय कुमार झाले जानकारी दिनु भएको छ ।