पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

क्रिकेटर भण्डारीको उपचारका लागि सिप्यानद्वारा आर्थिक संकलन शुरु

काठमाडौं । सडक दुर्घटनामा परि घाईते भएका राष्ट्रिय क्रिकेट टिमका खेलाडी ललित सिंह भण्डारीको उपचारका लागि क्रिकेट खेलाडी संघ नेपाल (सिप्यान) ले आर्थिक संकलन थालेको छ ।

सिप्यानले मंगलबार एक विज्ञप्ति निकाल्दै ललितको उपचार्थका लागि आर्थिक रकम संकलन थालिएको जनाएको छ ।

सिप्यानले क्रिकेट प्लेयर्स एसोसिएसन नेपालको नाममा रहेको सेञ्चुरी कमर्सियल बैंकको ००१०००२५२९ सीए खातामा सहयोग रकम जम्मा गर्न सकिने जनाएको छ ।

यस्तै भण्डारी घाइते भएको घटनाप्रति सिप्यान स्तब्ध भएको बताउदै भण्डारीको उपचारका लागि सम्पूर्ण सहयोग गर्न प्रतिबद्ध रहेको जनाएको छ ।