पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

निषेधाज्ञा अन्त्य भएकै दिन सप्तरीमा ५५ संक्रमित थपिए

कृष्ण मण्डल, सप्तरी । लामो समय देखिको निषेधज्ञा सकिएकै दिन सप्तरीमा ५५ जना नयाँ कोरोना संक्रमित थपिएका छन ।

सप्तरी जिल्ला अदालतका चार कर्मचारी, छिन्नमस्ता अस्पताका दुई कर्मचारी र नेपाल प्रहरीका एक जना गरी समेत गरी जिल्लमा ५५ जना नयाँ संक्रमित फेला परेका छन ।

त्यसैगरी राजविराज नगरपालिका ३३ जना, हनुमाननगर कंकालनी नगरपालिका ६ जना, बलानविहुल गाँपालिका १ जना,  शम्भुनाथ नगरपालिका १ जना र महदेबा गाँपालिका दुई जना रहेका छन भने जिल्ला बाहिर मोरङ्गका एक जना, सिरहाका एक जना र महोत्तरीका एक जना समेत गरी ५५ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य कार्यालाय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिनु भयो ।

संक्रमित हुनेहरुमा अदालतका २६, ३०, ४० र ४९ वर्षीय पुरुष रहेका छन भने छिन्नमस्ता अस्पताका २१ वर्षीय एक पुरुष र २३ वर्षीय एक महिल रहेका छन् भने ३७ वर्षीय एक प्रहरी समेतमा संक्रमण भेटिएको स्वास्थ्य कार्यालायले जानकारी दिएका छन् ।

हिजो मात्रै कोभिड १९ संकट व्यवस्थापन समितिको बैठकबाट आजदेखि सप्तरीमा निषेधज्ञा अन्त्य हुने निर्णय गरेका थिए ।