पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

झापाको काबेली सिमेन्ट उद्योगमा आगलागी, २ करोडको क्षति

radionepal

रोहित काफ्ले, झापा । झापाको हल्दिवारी गाउँपालिका डा नं ३ मा भरखरै स्थापना भएको काबेली सिमेन्ट उद्योगमा सोमबार राति आगलागी भएको छ ।

उद्योगको पावरहाउसमा राति २ बजेतिर आगलागी हुँदा करिब २ करोड रुपैयाँ बराबरको नोक्सानी भएको उद्योगका प्रवन्ध निर्देशक सुमन मैनालीले जानकारी दिनुभयो ।

राती २ बजेतिर परेको चट्याङका कारण पारहाउसमा आगो लागेको अनुमान गरिएको छ । आगो लागेको थाहा पाउनासाथ भद्रपुर र बिर्तामोडबाट गएका दुईवटा दमकलले स्थानीय र प्रहरीको सहयोेगमा आगो नियन्त्रणमा लिएको बताइएको छ ।

झापाका युवा व्यवसायीहरुको करिब ६० करोडको लगानीमा स्थापना भएको उद्योग गत साता मात्र उद्घाटन भएको थियो । उद्योग पुनः संचालनमा ल्याउन दुई साताजति लाग्ने मैनालीले बताउनु भयो ।