पर्खनुहोस वेबसाईट खुल्ने क्रममा छ।

कोरोना भाइरसको सङ्क्रमणका कारण थप ११ जनाको मृत्यु

radionepal

काठमाडौं । कोरोना भाइरसको सङ्क्रमणका कारण आज थप ११ जनाको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको कुल सङ्ख्या तीन सय ७१ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आजको नियमित प्रेस व्रिफिङ्मा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले चार जना महिला र सात जना पुरुषको मृत्यु भएको जानकारी दिनुभयो ।

कोरोना सङ्क्रमणबाट मृत्यु हुनेहरूमा सिराहाकी ३५ बर्षीया महिला, बाराकी ५५ बर्षीया महिला, काठमाडौँकी ८६ बर्षीया महिला र रुपन्देहीकी ६४ बर्षीया महिलाको मृत्यु भएको हो भने सर्लाहीका ६४ बर्षीय पुरुष, बाराका ५५ बर्षीय पुरुष, मकवानपुरका ६१ बर्षीय पुरुष, कपिलवस्तुका ५८ बर्षीय पुरुष, र काठमाडौंका ३४, ९६ र ६६ बर्षीय पुरुषको मृत्यु भएको भएको मन्त्रालयका प्रवक्ता प्रा.डा. गौतमले जानकारी दिनुभयो ।